नवनियुक्त प्रदेश २ का प्रदेश प्रमुख मिश्रले लिए सपथ

जनकपुरधाम । प्रदेश नम्बर–२ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा शपथ लिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मिश्रले नेपालको संविधानको धारा १६७ बमोजिम शपथग्रहण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस