सप्तरीमा बगैंचामा जमेको पानीमा डुबेर युवकको मृत्यु

राजविराज, १ भदौ । सप्तरीमा आँपको बगैंचामा जमेको पानीमा डुबेर मंगलबार एक युवकको मृत्यु भएको छ । खडक नगरपालिका–३ बनरझुल्लाका २१ वर्षीय सन्तोष ठाकुरको डुबेर मृत्यु भएको हो ।

आफ्नै घरदेखि डेढ सय मिटरको दुरीमा रहेको आँप बगैंचामा माछा मार्न गएका ठाकुर पानीमा लडेर अचेत बनेका थिए ।

उपचारकोलागि रायपुरस्थित युनिक अस्पतालमा ल्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए । शवको मुचुल्का पश्चात घटना बारे थप अनुसन्धान भइरहेको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस