डुवान क्षेत्रः असुरक्षित पानी खादै सर्वसाधारण

राजविराज, १ भदौ । जिता खोलाको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका डुवान क्षेत्रमा खानेपानीको समस्या भएको छ । मंगलबार विहान वडा नम्वर–७ मनसापुरस्थित खोलाको पश्चिमी तटबन्ध भत्किएको गाउँपालिकाका डेढ सय घर डुवान भएको हो ।

को.बरसाइन बस्तीमा पसेको बाढीले ट्युवेल समेत डुवाएको छ भने डुबेको ट्युवेलबाटै स्थानियहरुमा पानी खाने बाध्यता परेको स्थानीय दुर्गादेवी मण्डलले बताए । ‘बाढीले पशुचौपाया र अन्नपात जोगाउन मुस्किल परेको त छ नै, त्यसमाथि ट्युवेल पनि बाढीले डुवाएको छ’ उनले भने–‘राम र सरदार टोलका ५/७ परिवारलाई बाढीले डुवाएको ट्युवेलबाटै पानी खाने बाध्यता छ ।’

उनले यस्तो अवस्थामा बाढी सुकेर गए पनि स्वास्थ्य सम्बन्धी समस्याले सर्वसाधारणलाई सताउने कुरामा दुईमत नरहेको दुखेसो गरे । ‘अहिले हामीलाई तत्कालै खानेपानीको आवश्कता छ, यसतर्फ स्थानिय सरकारले ध्यान पुर्याउन आग्रह छ’, उनले भने ।

उता, गाउँपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख राजेशकुमार झाले बाढी प्रभावितहरुलाई व्यवस्थापन गर्न तत्काल कार्य सुरु गरिएको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस