जसपा केन्द्रीय समिति बैठक : सरकारमा सम्मानजनक सहभागी हुने निर्णय

जनकपुरधाम । । जनता समाजवादी पार्टी (जसपा)ले सम्मानजक सहभागिता सुनिश्चित गरी सरकारमा जाने निर्णय गरेको छ ।

जसपाको काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट वर्तमान सरकार प्रतिगामी सरकारको विकल्पमा आएको र त्यसमा आफ्नो पनि योगदान रहेको भन्दै सम्माजनक सहभागिता जनाउने निर्णय गरिएको हो ।

“लामो संघर्षपश्चात् ओली नेतृत्वको प्रतिगामी सरकारको अन्त्य भई अहिले नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा गठबन्धन सरकार बनेको छ,” जसपाको निर्णयमा भनिएको छ, “असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमविरुद्धको संघर्षको जगमा विद्यमान सरकार बनेको र हाम्रो पार्टी जसपा, नेपाल उक्त संघर्षको सहयात्री पार्टी भएकाले वर्तमान सरकारलाई समर्थन गर्दै लोकतन्त्र र राष्ट्रियताको संरक्षण तथा देशको समृद्धि र समग्र विकासमा योगदान दिन हाम्रो पार्टी विद्यमान सरकारमा सम्मानजनक ढंगले सहभागी हुने प्रतिबद्धता यो बैठक पुनः व्यक्त गर्दछ ।”

Author:



क्याटोगरी छान्‍नुहोस