गोबरगाढाः घर कटान भएकालाई स्कूलमा स्थानान्तरण

राजविराज, ४ भदौ । बाढीले घर कटान गरेपछि अलपत्र परेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाका पाँच परिवारलाई स्थानान्तरण गरिएको छ ।

केही दिनदेखि सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै कोसीको मध्य भागमा रहेको गोबरगाढामा बाढी पसेपछि बस्ती जलमग्न भएको छ । बाढीले घर कटान गरेपछि पाँच परिवारलाई नजिकै विद्यालयमा स्थानान्तरण गरी प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले मधेशलाइभलाई जानकारी दिए ।

‘सम्भावित जोखिमलाई मध्यनजर गर्दै उहाँहरुलाई नजिकै विद्यालयमा स्थानान्तरण गरेका छौं’ उनले भने–‘उहाँहरुसहित बस्तीका कुनै पनि व्यक्तिलाई खाद्यान्नको समस्या हुन नदिनकालागि स्थानीय सरकारले पहल पनि थालेको छ ।’

वडाध्यक्ष विन्देश्वर यादवका अनुसार सत्रुघन यादव, सिताराम यादव, रामसागर यादव सहितकाको घर कटान भइसकेको छ भने प्रमोद यादव, रामस्वरुप यादव, हरिबोध यादव, रामानन्द यादव, कुशेश्वर यादव, भुवनेश्वर यादव, संतोश यादव, महेन्द्र यादव, सुदिप यादव, प्रेमसागर यादव, दिलिप रजक, हरि यादव, ध्रुव यादव, संजिव मुखिया लगायत ३२ जनाको घरमा पानी पसेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस