सप्तरीमा सवारी दुर्घटना हुँदा सदाको मृत्यु, एक घाइते

राजविराज, ४ भदौ । सप्तरीको राजविराज नगरपालिकामा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । वडा नम्वर १५ खाँडो खोला नजिक अनटेष्ट नम्वरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा सोही वडाका २७ वर्षीय विनोद सदाको मृत्यु भएको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले बताए । राजविराज तर्फ आउँदै गरेको तीन जना सवार रहेको मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका सदाको उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालतर्फ ल्याउने क्रममा मृत्यु भएको उनले बताए ।

दुर्घटनामा सोही ठाउँका २१ वर्षीय गौतम सदा घाइते भएका छन् । मोटरसाइकलमा सवार सोही ठाउँका धनराज सदा फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस