प्रधानमन्त्री देउवा र भाजपा नेताबीच भेटवार्ता

जनकपुरधाम । प्रधानमन्त्री तथा कांग्रेस सभापत शेरबहादुर देउवा र भारतीय जनता पार्टी (भाजपा) का नेता विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । आइतबार बालुवाटारमा भएकाे भेटमा चौथाइवालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले‍ पठाएको सन्देश सुनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ट्विटरमार्फत चौथाइवालेले आफू र देउवाबीच दुई पार्टीबीचकाे सम्बन्धलाई थब बलियाे बनाउने सहमति भएकाे जनाएका छन् ।

भाजपाकाे विदेश विभाग प्रमुखसमेत रहेका उनी नेपाली कांग्रेसको निमन्त्रणामा चार दिने अनौपचारिक भ्रमणका लागि नेपाल आएका हुन् ।

नेपाल रहँदा उनले विभिन्न दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने बताइएकाे छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780