पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोलको १३० रुपैयाँ कायम

जनकपुरधाम, ८ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गए (सोमबार) राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलसहित खाना पकाउने ग्यासको मूल्य बढाएको हो ।

डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढेको हो । अब पेट्रोल प्रतिलिटर १३०, डिजेल तथा मट्टितेल ११३ र हवाई इन्धनको मूल्य ८६ रुपैयाँ कायम भएको छ । एलपी ग्यास प्रतिसिलिन्डर २५ बढाएर एक हजार ४५० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर दुई रुपियाँले बढाएको छ । मूल्य बढाउँदा समेत पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर २ रुपैयाँ ६४ पैसा र ग्यासमा प्रतिसिलण्डर ४२० रुपैयाँ ७५ पैसा घाटा रहेको निगमको जिकिर छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780