प्रिमियर लिग : १६ जनामा देखियो कोरोना संक्रमण

लण्डन (एजेन्सी), ८ भदौ । इंग्लिस प्रिमियर लिग (एपिएल) मा १६ खेलाडी तथा क्लब पदाधिकारीमा कोभिड १९ संक्रमण देखिएको छ । सोमबार बिबिसीले जनाएअनुसार गत दुई सातामा क्लबका १६ खेलाडी र पदाधिकारीमा कोरोना पुष्टि भएको हो ।

दुई सातामा प्रिमियर लिगमा ३ हजार ६० को पीसीआर गरिएको थियो । लिगको १६ र २२ तारिखमा दुई पटक पीसीआर गर्दा पहिलो साता १२ र दोस्रो सातामा ४ कोरोना पोजिटिभ देखिएको हो ।

पछिल्लो आँकडाअनुसार पहिलो सातामा भन्दा दोस्रो सातामा बढी पोजिटिभ देखिएको छ । अब प्रिमियर लिगले हप्तामा दुई पटक कोरोना परीक्षण गराउनेछ ।

चेल्सी स्ट्राइकर क्रीष्टियन पुलिसिकले आइतबार लण्डन डर्बीमा आर्सनलविरुद्ध कोरोनाकै कारण खेल गुमाएका थिए । यद्यपि चेल्सी खेलमा २-० को जित निकाल्दै शिर्ष स्थानमा पुगेको छ । (न्यूज खारखाना)

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780