सप्तरीमा दुर्घटना हुँदा एक वालिकाको मृत्यु, तीन जना घाइते

राजविराज, ८ भदौ । सप्तरीको सुरुङ्गा नगरपालिका–४ कदमाहामा गए राति सडक दुर्घटना हुँदा एक वालिकाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमतर्फ गइरहेको ना ८ ख ३४ ख ३४२२ नम्वरको ट्रकले रोकेर राखिएको को १ ख ६९५६ नम्वरको ट्यांकरलाई ठक्कर दिएपछि दुर्घटना भएको हो । दुर्घटनामा सुनसरीको रामधुनी इकराही नगरपालिका–४ का ट्रक चालक आशाराम चौधरीकी ९ वर्षीया छोरी मेनुका चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।

यसैगरी ४५ वर्षीय चालक चौधरी, सोही ट्रकमा सवार चौधरीकी पत्नी ४० वर्षीया चन्द्रकाला थारुनी र छोरा २३ वर्षीय आशिष चौधरी घाईते घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि पठाइएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए । ट्यांकर चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस