कोरोनाको कहर : एसियाका आठ करोड मानिस गरिबीको रेखामुनि

जनकपुरधाम । एसियाली विकास बैंक (एडीबी)ले कोरोना भाइरसको महामारीले गएको वर्ष विकासोन्मुख एसिया प्रशान्त क्षेत्रका झन्डै ८० मिलियन अर्थात् ८ करोड मानिसलाई चरम गरिबीको अवस्थामा धकेलेको हुन सक्ने बताएको छ । यसले सन् २०३० सम्म गरिबी र भोकमरीसँग जुध्ने विश्वव्यापी लक्ष्यमा भइरहेको प्रगतिलाई पथच्युत गर्ने खतरा रहेको एडीबीको भनाई छ ।

एडीबीका अनुसार कोभिड महामारी नभएको भए सन् २०१७ मा ५.२ प्रतिशत रहेको विकासोन्मुख एसियाको चरम गरिबी दर २०२० मा २.६ प्रतिशतमा घट्न सक्थ्यो तर महामारीका कारण अनुमानित लक्ष्यभन्दा २ प्रतिशत विन्दुले धकेलिएको छ ।

प्रतिदिन १.९० डलर कम आयमा जीवन धान्ने मानिसहरूको अवस्थालाई चरम गरिबीको अवस्था मानिन्छ ।

एडीबीले यस क्षेत्रको बारेमा उल्लेख गरिएको फ्यालगसीप रिपोर्टमा कोभिड–१९ संकटले चलायमान र साना आर्थिक क्रियाकलाप अवरुद्ध भएका कारण स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा भएका असमानता र काममा भएको अवरोधले गर्दा यो आँकडा अझै धेरै हुनसक्ने बताएको छ ।

मनिला स्थित बैंकले भनेको छ, “सामाजिक आर्थिक प्रभावहरूको प्रतिक्रिया स्वरुप भाइरस निरन्तर फैलियो, जब कि मानिसहरू पहिल्यैदेखि गरिबीको जीवन थपिन सक्ने जोखिम अन्त्य गर्न संर्घष गरिरहेका थिए ।”

प्रतिवेदनमा समेटिएका एडीबीका ४६ विकासोन्मुख र तीन विकासित सदस्य देशहरूको अर्थतन्त्रमध्ये गत वर्ष झण्डै एक चौथाईको मात्र आर्थिक वृद्धि भएको छ ।

यस्तै बेरोजगारी दर बढेकाले यस क्षेत्रले ८ प्रतिशत कार्यघण्टा गुमाएको छ । यसबाट घरेलु तथा अनौपचारिक क्षेत्रमा काम गर्ने मजुदरहरू बढी प्रभावित भएका छन् ।

महामारीबाट भएको यो आर्थिक क्षतिले संयुक्त राष्ट्रसंघले २०१५ मा अपनाएको विश्वव्यापी विकास लक्ष्यहरू भेट्ने चुनौतीलाई अझै बढाएको छ । संयुक्त राष्ट्रसंघले भोकमरी, लैंगिक असमानता हटाउने, शिक्षा र स्वास्थ्यको पहुँचलाई विस्तार गर्ने सहित सन् २०३० सम्ममा पूरा गर्ने गरी १७ वटा दीगो विकास लक्ष्यहरू तय गरेको थियो ।

“एसिया र प्रशान्त क्षेत्रले प्रभावकारी फड्को मारेको थियो, तर कोभिड–१९ ले सामाजिक र आर्थिक गल्ती देखाएको छ, जसले यस क्षेत्रको दीगो र समावेशी विकासलाई कमजोर बनाउन सक्नेछ”, एडीबीका प्रमुख अर्थविद् यासुयुकी सावादाले एउटा छुट्टै विज्ञप्तिमा भनेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780