धनुषामा ससुरा–बुहारीको शव गाडिएकाे अवस्थामा फेला, छोरा पक्राउ

जनकपुरधाम । धनुषामा ससुरा र बुहारीको हत्या गरेर जमिनमुनि गाडिएकाे अवस्थामा शव फेला परेको छ।

मिथिला बिहारी नगरपालिकामा वडा नम्बर ५ ललियामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेको धनुषा प्रहरीले जनाएको छ।

स्थानीय चेता भन्ने ५५ वर्षीय रामवृक्ष मण्डल र उनकी बुहारी २१ वर्षीया अमृता मण्डलको शव गाडिएकाे अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।

प्रहरीका अनुसार अहिले शव उत्खननकाे कार्य भइरहेको छ। मृतक दुवै जना बेपत्ता रहेको गाउँलेहरुले थाहा पाएपछि खोजी गर्ने क्रममा शव गाडिएको अवस्थामा फेला परेको हो।

यता प्रहरीले उनीहरुको हत्यामा संलग्न रहेको आशंकामा मृतक महिलाका पति ३० वर्षीय भागेश्वर मण्डललाई पक्राउ गरेकाे छ।

घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस