सप्तरीका तीन निर्वाचन क्षेत्रका नयाँ क्रियाशील सदस्य महाधिवेशनमा हुनबाट वञ्चित

राजविराज । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सप्तरीका तीन निर्वाचन क्षेत्रका नयाँ क्रियाशील सदस्यले भाग लिन नपाउने भएका छन् ।

केन्द्रीय सदस्यता छानबिन समितिले बाँकी राखेका विषय समाधान गर्न गएको साउन ३० गते गठित कृष्णप्रसाद सिटौला नेतृत्वको क्रियाशील सदस्यता विवाद समाधान समितिले सप्तरीका तीन निर्वाचन क्षेत्रका नयाँ सदस्यलाई १४औँ महाधिवेशनमा भाग लिन नदिने निर्णयसहितको १० बुँदे प्रतिवेदन बुझाएको हो ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई सोमबार हस्तान्तरण गरिएको प्रतिवेदनले अरू क्षेत्रका विषयमा पनि निर्णय गरेको छ ।

“सप्तरी जिल्लामा प्रतिनिधिसभा क्षेत्र नम्बर–१, क्षेत्र नम्बर–३ र क्षेत्र नम्बर–४ को नयाँ क्रियाशील सदस्यता १४औँ महाधिवेशनेका लागि स्थगन गरी १४औँ महाधिवेशनपछि प्रक्रिया पुर्‍याई क्रियाशील सदस्यता दिने,” समितिको प्रतिवेदनको बुँदा नम्बर ५ (ख) मा भनिएको छ, “यी प्रतिनिधिसभाहरूका सबै वडाहरूमा १४औँ महाधिवेशनको प्रक्रियामा नवीकरणले मात्र भाग लिने ।”

समितिको प्रतिवेदनानुसार सप्तरीको क्षेत्र नम्बर–३ अन्तर्गत रुपनी गाउँपालिकाको वडा नम्बर–२ र शम्भुनाथ नगरपालिकाको वडा नम्बर–३, ५, ७, ८, ११ र १२ का नयाँ क्रियाशील सदस्यले पनि १४औँ महाधिवेशनमा भाग लिन पाउने छैनन् ।

Author:



क्याटोगरी छान्‍नुहोस