सप्तरीमा २२ प्रतिशतले लगाए कोभिड–१९ विरुद्धको खोप

राजविराज । सप्तरीमा २२ प्रतिशतले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । गत माघ १४ गतेबाट सुरु भएको खोप अभियानमा अहिलेसम्म कूल जनसंख्याको २२ प्रतिशतले खोप लगाएका हुन् ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार एक लाख २१ हजार ५ सय जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । जसमध्ये ५२ हजार जनाले कोभिड १९ विरुद्धको पूर्ण खोप लगाएका छन् भने ६९ हजार जनाले खोपको पहिलो डोज लगाएका हुन् ।

पहिलो डोज लिइसकेका २७ हजार व्यक्तिलाई यही भदौ १६ गतेबाट दोश्रो डोज लगाउने तयारी रहेको निमित्त प्रमुख यादवले बताए । ‘जिल्लामा १८ वर्ष उमेरभन्दा माथिका ५२ हजार जनालाई पूर्ण खोप लगाई सकिएको छ भने ६९ हजार ५ सय जनालाई पहिलो डोज खोप लगाईएको छ’ उनले भने–‘जसमध्ये २७ हजार व्यक्तिलाई जिल्लाको सबै वडामा यही भदौ १६ गतेबाट दोश्रो डोज खोप लगाउने तयारी छ ।’

राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार सप्तरीमा ६ लाख ३९ हजार २८४ जनसंख्या छ ।

Author:



क्याटोगरी छान्‍नुहोस