काबुल विमानस्थलबाहिर भएको विष्फोटमा १३ अमेरिकी सैनिकसहित ६० जनाको मृत्यु

काठमाडौं । अफगास्तिानको काबुल विमानस्थलबाहिर भएको आत्मघाती विष्फोटमा कम्तीमा ६० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी शैनिक पनि रहेको बीबीसीले जनाएको छ ।

मृत्यु हुने ६० जनामध्ये कम्तीमा १३ अमेरिकी शैनिक रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

१४० जना घाइते भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले बदला लिने संकेत गरेका छन् । उनले भनेका छन्, “हामी भुल्ने छैनौं ।”

Author:



क्याटोगरी छान्‍नुहोस