सहिद परिवारलाई रोजगारी र घाइतेहरूको सुविधाको जिम्मा प्रदेश सरकारले लिनुपर्छः अध्यक्ष यादव

जनकपुरधाम, ११ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सहिद परिवारलाई रोजगारी र घाइतेहरुको सुविधाको जिम्मा प्रदेश सरकारले लिनुपर्ने बताएका छन् । जनता समाजवादी पार्टीले शुक्रबार जनकपुरधाममा आयोजित ‘सुज’ अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सहिदहरूकै कारण देशमा सङ्घीयता आएकोले सहिद परिवारलाई सेवा सुविधा दिने कार्यमा कुनै कसर बाँकी नराख्न मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूलाई आग्रह गरे ।

पार्टी अध्यक्ष यादवले आन्दोलनका घाइतेहरूको उपचार तथा भरण पोषणमा ध्यान दिनुपर्नेमा जोड दिँदै भने, सहिद परिवार र आन्दोलनका घाइतेहरूको नाममा अन्यले सुविधा नलियोस्, सुविधाको सही सदुपयोग हुनु जरुरी छ । सेवा सुविधाकालागि सहिद परिवारले आन्दोलन गर्नुपरे दुर्भाग्यपूर्ण हुनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस