म्याद गुज्रेका सामान विक्री गर्ने राजविराजका व्यवसायीलाई २० हजार जरिवाना

राजविराज, ११ भदौ । म्याद गुज्रेका सामान बरामद भएपछि सप्तरी सदरमुकाम राजविराजका एक व्यवसायीलाई २० हजार जरिवाना गरिएको छ ।

जिल्ला प्रसाशन कार्यालयमा एक जना सेवाग्राहीले निवेदनको आधारमा वडा नम्वर १ स्थित विष्णु किराना पसलमा अनुगमन गरिएको थियो ।

कार्यालयका नायब सुब्बा अजयकुमार मण्डल नेतृत्वको टोलीद्वारा गरिएको अनुगमनबाट सो पसलमा म्याद गुज्रेका खाने तेल, पेय पदार्थ लगायतका सामान बरामद भएपछि जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले बताए । ‘पहिलो पटकलाई जरिवाना गरी छाडेका छौं, अब पनि त्यस्तो पाइएमा कानून अनुसार कडा कारवाही हुन्छ’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस