श्रीमतिको हत्यापछि राई आफुले पनि गरे आत्महत्या

विराटनगर, १२ भदौ । भोजपुरको षडानन्द नगरपालिका–९ तालखर्कमा आज विहान एक व्यक्तिले आफ्नै श्रीमतिको हत्यापछि आफुले पनि आत्महत्या गरेको छ । स्थानीय ४० बर्षीय बुद्दीमान राईले आफ्नै श्रीमती २८ वर्षीया इन्द्रकला राइलाई खुकुरी प्रहार गरी हत्या गरेका छन् ।

हत्यापछि आफुले पनि घरदेखि करिब ४० मिटरको दुरीमा रहेको रुखमा पासो लगाएर आत्महत्या गरेको १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनास्थलमा आफ्नै आमालाई खुकुरी प्रहार गरेको देखेर उनिहरुकै ८ बर्षीय छोराले स्थानियलाई खबर गरेका थिए ।

स्थानीयहरु घटनास्थल पुग्नासाथ ईन्द्रकलाको मृत्यु भइसकेको र उनलाई खोजतालस गर्दा वुद्दिमान पनि झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई जानकारी गराइएको थियो ।

घटनास्थालमा ईलाका प्रहरी कार्यालय साङपाङ र ईलाका प्रहरी कार्यालय तिवारीभंज्याङबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस