फरार प्रतिवादी सवा तीन किलो गाँजासहित पक्राउ

विराटनगर, १२ भदौ । मोरङ प्रहरीले लागुऔषधी मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई गाँजासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको वेलबारी नगरपालिका–५ का ६१ बर्षीय राज नारायण भन्ने लव नारायण माझी छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट ४ किलो ३ सय ग्राम लागू औषधी गाँजा र ५० हजार नगदससहित पक्राउ गरेको हो । माझिलाई यसअघि मोरङ जिल्ला अदालतबाट २०७५ पुस ५ गते लागु औषधी मुद्दामा ६ महिना ५ दिन कैद र ३ हजार रुपैयाँ जरिवाना ठहर भएको थियो ।

लागुऔषधी कसूरमा म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस