महोत्तरीमा बाढीको बितन्डा, हेर्दाहेर्दै उर्वर भूमि बगरमा परिणत

महाेत्तरी, १२ भदाै । आधा बर्खा सकिएसँगै महोत्तरी बर्दिबासका विनोद पौडेललाई अब बाढी आउँदैन लागेकाे थियाे । तर १० भदाै यता अविरल वर्षा हुन थालेपछि उनलाई रातभरी निन्द्रा नै लाग्दैन ।

उनी रातु नदी पुग्छन्, नदीले खेत कटान गरिरहेकाे हेर्न विवश छन् । उनका अनुसार रातु नदीले उनीसहित स्थानीयकाे ८ कठ्ठा खेत कटान गरिसकेकाे छ । खेत बगर बनेकाे छ।

बाढीले महोत्तरीका विभिन्न क्षेत्रमा क्षति गरेकाे छ । रातु नदीकाे बाढीले बल्वा नगरपालिकामा मात्र करिब ९ सय घर डुबानमा परिसकेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ । नगरपालिकाको सबैभन्दा बढी क्षति तिलगडमा भएको छ ।

प्रभावितहरुलाई उद्दार गरेर सुरक्षित स्थानमा स्थानान्तरणकाे काम भइरहेकाे स्थानीय वसन्तराज साहले जानकारी दिए ।

रातु, मराहा र जङगाहा नदीमा पानीको बहाव निक्कै बढेको छ । तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ स्थानान्तरणकाे तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए ।

अविरल वर्षाले विपन्न परिवार झनै सस्यामा परेका छन् । गौशाला नगरपालिकाका मुसहर वस्तीका मुसहर बालबालिका समस्यामा परेका हुन् । टहराबाट पानी चुहिएर समस्या भएकाे मुसहर वस्तीका सुनिल सदाले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780