सप्तरीमा लागुऔषधको कारोबार गरिरहेको आशंकामा तीन युवक पक्राउ

राजविराज, २९ भदौ । सप्तरी प्रहरीले लागुऔषधको कारोबार गरिरहेको आशंकामा तीन जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको महादेवा गाउँपालिका–६ का ३२ बर्षीय प्रविण मण्डल, तिलाठी कोईलाडी गाउँपालिका–७ का ४० बर्षीय राज कुमार मण्डल र हनुमाननगर कंकालिनी नगरपालिका–६ का २७ बर्षीय संतोष मण्डल छन् ।

लागूऔषधको कारोबार भइरहेको भन्दै सूचनाको आधारमा खटिएको प्रहरीले तिलाठी कोईलाडी गाउँपालिका–८ सडेपारको नहरस्थित बिश्वकर्मा चौकबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका साथबाट केहि केमिकल जस्तो देखिने ३ वटा शिशी र २ लाख रुपैयाँ नगद समेत बरामद गरिएको सप्तरीका प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।

उनका अनुसार बरामद भएका नगद कुन प्रयोजनका लागि हो भनी खुल्न सकेको छैन् । तीनै जनालाई हिरासतमा राखि आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

यता, युवकका आफन्तहरुले फसाउँन खोजेको प्रहरीमाथि आरोप लगाएका छन् । गाउँका केही मानिसले ब्यक्तिगत रिसिबी साध्न प्रहरीलाई गलत सूचना दिएको र प्रहरीले नियन्त्रणमा लिएर दुःख दिएको उनीहरुको कथन छ ।

Author:



क्याटोगरी छान्‍नुहोस