मुख्यमन्त्रीको फोटोसहितको ब्यानर हटाउन खोजिएको कार्य प्रति भत्र्सना

राजविराज, २९ भदौ । जनता समाजवादी युवा संघ सप्तरीले मन्दिरको प्राङ्गणमा रहेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फोटोसहितको ब्यानर हटाउन खोजिएको कार्यप्रति भत्र्सना गरेको छ ।

संघका सचिव केदार प्रसाद यादवले मंगलबार विज्ञप्ति जारी गर्दै त्यस्ता किसिमका गतिविधिमा संलग्नहरुलाई कडाभन्दा कडा कारवाहीको माग गरेका हुन् । अन्यलाई पनि त्यस्ता खालका गतिविधि नगर्न/नगराउन विज्ञप्तिमा आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मुख्यमन्त्री कुनै जात विशेषको हाइन र हुँदैन पनि भन्ने कुरा सबैले जाने बुझेकै हो । त्यस्ता निनदनीय गतिविधिहरु गर्ने प्रति जनता समाजवादी युवा संघ सप्तरी घोर भत्र्सना गर्दछ र त्यस्ता गतिविधि गर्ने उपर प्रचलित कानून बमोजिम कडाभन्दा कडा कारवाही समेत गर्नुपदर्छ । साथै यस्ता गतिविधिहरु नगर्न र नगराउन जनता समाजवादी युवा संघ सप्तरी अनुरोध गर्दछ ।’

Author:



क्याटोगरी छान्‍नुहोस