एमसीसीले देशको सामाजिक र आर्थिक विकास हुन्छ: डा. भट्टराई

सिन्धुली, २९ भदौ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी कार्यक्रम लागु गर्दा देशको सामाजिक र आर्थिक विकासमा टेवा पुग्ने बताएका छन् ।

मंगलवार सदरमुकाम सिन्धुलीमाडीमा आयोजना गरिएको संचारकर्मीहरुसँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् । उनले एमसीसीलाई संसदबाट अनुमोदन विना नै कार्यक्रम लागु गर्न सकिने समेत बताए ।

अहिले नेपालको लक्ष्य विदेशी सहयोगहरुको विरोध गर्ने नभएकाले ठुला राजनैतिक दलहरुका बीचमा सहमति गरेर एमसीसी कार्यक्रम लागु गर्न सकिने डा.भट्टराईको कथन छ ।

Author:



क्याटोगरी छान्‍नुहोस