एक दिनका लागि गाउँपालिकाको अध्यक्षमा १६ वर्षीया ऋषिदेव नियुक्त

विराटनगर, २९ भदौ । मोरङको बुढिगंगा गाउँपालिकामा एक १६ वर्षीया किशोरीलाई एक दिनका लागि गाउँपालिकाको अध्यक्षमा नियुक्त गरिएको छ । ‘गाउँपालिकाको नेतृत्वमा बालबालिका’ भन्ने नारालाई सार्थक बनाउन ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजना गरिएको सुनिता ऋषिदेवलाई गाउँपालिकाको अध्यक्षमा नियुक्त गरिएको हो ।

गत सोमवार गाउँ कार्यपालिकाको बैठकले आर्थिक र प्रशासनिक काम बाहेकका कार्य गर्न उनलाई एक दिने अध्यक्षको जिम्मेवारी दिइने भएको निर्णयअनुसार नियुक्त गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरबल्भ बरालले बताए । उनका अनुसार बालबालिकाहरूले आफ्नो स्थानीय तहलाई कसरी बुझेका छन् र गाउँपालिकाको नेतृत्वले कसरी काम गर्छन् भन्ने विषय अनुभूत गराउन यस्तो जिम्मेवारी दिइएको हो ।

सोही निर्णयका आधारमा मंगलवार बिहान १० बजेको कार्यालय सुरु भएपछि गाउँपालिका अध्यक्षबाट अध्यक्षकालागि छनौट भएकी बालिका ऋषिदेवलाई जिम्मेवारी दिएको पत्र दिएको थियो । बालिकाले पत्र प्राप्त भए पश्चात् बालिकालाई अध्यक्षको पदभार ग्रहण गराइएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस