भारतबाट वीरगन्ज आइपुग्यो कार्गो रेल

जनकपुरधाम, ३० भदौ । भारतबाट कार्गो रेल बुधवार वीरगन्ज आइपुगेको छ । ९० वटा कन्टेनर सामान लिएर हिम्ड टर्मिनल प्रा.लि.को कार्गो रेल बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको हो ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार भारतको हल्दियाबाट एक र्याकको कार्गो रेल २० फिट अग्लो र ९० वटा कन्टेनर सामान लिएर आएको छ । नेपाल–भारत रेल सेवा सुरुआत भएको १७ वर्षपछि पहिलो पटक भारतबाट निजी क्षेत्रको कार्गो रेल आइपुगेको हो ।

असार २५ गते नेपाल–भारतबीच विद्यमान रेलसेवा सम्झौतामा संशोधन भएको थियो । यससँगै निजी कार्गो रेल नेपाल ल्याउने बाटो खुलेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस