२४ घण्टामा १ हजार ५५८ संक्रमित थपिए, १० जनाको मृत्यु

जनकपुर, १ असोज । नेपालमा थप १ हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५५८ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही १ हजार ३५१ जना संक्रमणमुक्त भएका छन् । यसैगरी २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमण्बाट मृतकको कुल संख्या ११ हजार १२ पुगेको छ ।

हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८३ हजार ७५ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ६५९ जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ७ लाख ४६ हजार ५६६ जना निको भएका छन् । हाल देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस