के एकदिन मात्र दिप जलाउनका लागि संविधान बनेको हो ?

आज असोज तीन गते अर्थात संविधान दिवस । लामो संघर्ष र ठुलो त्याग बलिदान पछि मुलुकले संघीय गणतान्त्रिक लोकतान्त्रिक संविधान २०७२ असोज ३ गते पायो । सताब्दीदेखिको ठुलो संघर्ष पछि नेपालको सार्बभौमसत्ता नेपाली जनताको हाथमा आयो । नेपालमा पहिलो पल्ट जनताले आफ्नो लागि आफैले संविधान बनाउने अवसर पाए । यो लोकतन्त्रको ठुलो बिजय हो । यो भन्दा ठुलो विजय लोकतान्त्रिक शासन प्रणालीमा हुनै सक्दैन । यति ठुलो सफलताले पक्कै पनि नागरिकलाई ठूलो लाभ हुनुपर्ने हो । किन यो भन्दा ठूलो सफलता लोकतान्त्रिक शासन प्रणालीमा अहिलेसम्म भएको छैन । त्यसैले यो सफलताबाट अहिलेसम्मकै सबैभन्दा बढी लाभ जनतालाई हुनुपर्ने हो ।

यस्तो लाभ कि त्योभन्दा बढी लाभ जनताले लोकतान्त्रिक प्रणालीमा लिनै नसक्ने हुनुपर्छ । त्यसैले सार्बभौमसत्ता सम्पन्न जनता इतिहासकै सुखी जनता हुनुपर्छ । त्यसैले प्रत्येक जनताले असोज ३ गते संविधान दिवसको दिन मात्र होइन्, यो संविधान रहुनजेल घरमा सधै दिपावली मनाउनु पर्छ । तर, जनताले आफै बनाएको संबिधानको ५ बर्ष भईसक्यो । जनताको घरमा समय बित्दै जाँदा बति निभ्दै गएको देखिन्छ ।

१० बर्षअघि जनताको आय वृद्धिदर अहिलेको तुलनामा बढी थियो । समय बित्दै जदा जनता झन गरिबीको चपेटामा पर्दै गएको देखिन्छ । पहिलाभन्दा अहिले महँगी बढेको छ । जनता महँगीको चपेटामा परेर दिन प्रतिदिन प्रत्येक व्यक्तिलाई बैंक तथा सहकारी संस्थाको ऋण बढ्दै गएको देखिन्छ । दिन प्रतिदिन युवाहरु विदेशीदै छ तर पनि हामी खराबी कहाँ छ भन्ने कुरा पता लगाउन सकेका छैनौं । देशमा नयाँ संविधान लागू भएदेखि झन भ्रष्टाचार बढेको छ ।

घर–घरमा सिंहदरबार पठाउने भनेको त घर–घरमा न्यायिक माध्यममा लुट्न पो पठाएको जस्तो छ । कुनै पनि कार्यालयमा जाँदा पहिला कोहि चिनजानको छ कि छैन् भन्ने पत्ता लगाउँछन, यदि छैन् भने कार्यालयमा जाने आँट पनि गर्दैन सर्वसाधारण जनताले । गाउँको वडा कार्यालयमा पनि काम गराउदा चिनेको मान्छे छैन् भने सेवाग्राहीलाई अर्को ग्रहबाट आएको जस्तै व्यवहार गरेको देखिन्छ ।

त्यसैगरी संघ, प्रदेश र स्थानीयमा काम गर्ने कर्मचारीहरुको लागि अहिलेसम्म सरकारले संघीय निजामती ऐन पनि ल्याउन सकेका छैन । त्यसैगरी धेरै कामहरू छन् जो संविधान लागू गर्नु पुर्व लागू हुनुपर्थ्यो तर भएन । जसको कारणले कर्मचारी, जनता र राजनेता सबै दलदलमा फसेको देखिन्छ ।

त्यसैगरी संविधानमा भएका विभिन्न त्रुटिहरुलाई अवमूल्यन गरी देश र जनतालाई झन घाटा हुने देखिन्छ । सुरुको बर्षमा पहाडमा दिपावली अनि तराईमा कालो दिनको रुपमा मनाइयो तर समय बित्दै जाँदा तराई, पहाड, हिमाल सबै ठाउँको जनताले संविधान दिवस दिन मात्र दिपावली मनाउँदै आएका छन् भने बाँकीका दिनमा प्राय जनताको घरमा अस्वास्थ्य, अशिक्षा, बेरोजगारी, भोकमरीको बादलले अध्यारो छरेको देखिन्छ ।

त्यसैले संविधानलाई संशोधित गरी सबैलाई सधैको लागि उज्यालो छँरियोस् । सबैलाई अपनत्व बोध हुने गरी एक दिन मात्र होइन् सधैको लागि, सबैको घरमा उज्यालो छँरियोस् । सबैले एक दिन मात्र होइन संविधान सम्झिने वितिकै दिपावली मनाउने उमंग पैदा हुने गरी यो संविधानको संशोधन गरियोस् भन्ने अभिव्यक्तिको साथ संविधान दिवसको सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना ।

Author:



क्याटोगरी छान्‍नुहोस