घरेलु तथा साना उद्योग कार्यालय राजविराजका कर्मचारी घुससहित पक्राउ

राजविराज, ४ असोज । घरेलु तथा साना उद्योग कार्यालय राजविराजका एक कर्मचारीलाई घुस रकमसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कर्मचारी विरेन्द्र साह छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको समन्वयमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले सोमवार साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले बताए । उनका अनुसार साहलाई सेवाग्राहीसँग घुस रकम लिँदैगर्दा पक्राउ गरेको हो ।

साह नायब सुब्बा पदका करार कर्मचारी हुन् । उनीमाथि आवश्यक अनुसन्धानकोलागि आयोगको कार्यालय इटहारी पठाउने तयारी गरिएको प्रहरी उपरीक्षक धमलाले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस