सप्तरीमा सडक दुर्घटनाः एक युवकको ज्यान गयो

राजविराज, ५ असोज । सप्तरीमा सडक दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–६ विरपुरमा सोमवार बा १४ च ६२७९ नम्वरको पिकअपले ना ३७ प ३८९४ नम्वरको मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।

दुर्घटनामा पर्साको जिरा भवानी गाउाँपालिका–३ का ३७ शिवशक्ती चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस