थप १ हजार ३३० जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६२२ जनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ७५ हजार ९५९ पुगेको छ । सोही अवधिमा १ हजार ८३० जना निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ५४ हजार ४००० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस