२४ घण्टामा ९५३ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

जनकपुर । नेपालीमा पछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५० पीसीआर परीक्षणमा ७९० र ३ हजार ५२९ एन्टिजेन परीक्षणमा १६३ जना गरी ९५३ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ भने १३७१ जना संक्रमणमुक्त भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस