नेपालमा हालसम्म कोभिडविरुद्ध कति खोप आयो? कतिले लगाए?

जनकपुरधाम । नेपालमा कोभिडविरुद्धको खोप लगाउने काम चलिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा २८ दशमलव ५ प्रतिशतले पूर्ण मात्रामा खोप लगाइसकेका छन्। यस्तै पहिलो डोज खोप लगाउने ३२ प्रतिशत पुगेका छन्।

नेपालमा हालसम्म ४ प्रकारका कोभिड खोप ल्याइएको छ। कोभिसिल्ड, एस्ट्राजेनेका, भेरोसेल र जोन्सन एन्ड जोन्सन गरेर नेपालमा अहिलेसम्म १ करोड ७८ लाख ५८ हजार ७१० डोज खोप नेपाल आइसकेको छ। यी खोपमध्ये नेपालमा १ करोड २९ लाख ५८ हजार ५०८ डोज खोप लगाइसकिएको छ।

कुन खोप कति आयो?
मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोभिसिल्ड २४ लाख ४८ हजार, एस्ट्राजेनेका १९ लाख ७५ हजार ८६०, जोन्सन एन्ड जोन्सन १५ लाख ३४ हजार ८५० र भेरोसेल १ करोड १९ लाख डोज खोप आइसकेको छ।

कति खोप लगाइयो?
तथ्यांक अनुसार नेपालमा पहिलो डोज खोप लगाउनेको संख्या ६९ लाख ६० हजार ८२८ पुगेको छ। यस्तै दुवै डोज खोप लगाउनेको संख्या ६२ लाख ५ हजार ७७० पुगेको छ।

कोभिसिल्ड र एस्ट्राजेनेका खोपको पहिलो मात्रा २७ लाख ५ हजार ३२३ र दोस्रो डोज १५ लाख १४ हजार ५९८ जनाले लगाएका छन्।

यस्तै भेरोसेल खोपको पहिलो मात्रा ४२ लाख ५५ हजार ५०५ जना र दोस्रो डोज ३२ लाख १ हजार १३५ जनाले लगाएका छन्।

यसैगरी एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोप १४ लाख ९ हजार ३७ जनाले लगाएका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस