भारतीय नागरिकले धनुषा प्रवेश गर्न कोरोना रिपोर्ट पेश गर्नुपर्ने

जनकपुरधाम । धनुषाकाे विभिन्न नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय नागरिकले कोभिड-१९ परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने भएको छ ।

कोभिड–१९ संकट व्यवस्थपन केन्द्र धनुषाको बैठकले सो निर्णय गरेको हो । भारतीय नागरिकले ७२ घण्टाभित्र कोभिड–१९ को नेगेटिभ रिपोर्ट र विदेशबाट नेपाल आउने व्यक्तिले भर्नुपर्ने फारम भरी सोको प्रिन्टप्रति साथमा लिई आएमा मात्र नेपाल प्रवश गर्न अनुमति दिइने धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए ।

उनका अनुसार नेपाल प्रवेशका लागि धनुषाको जनकपुर, जटही, महिनाथपुर, इनर्वा, दुहवी र धनौजी भन्सार कार्यालयलाई तोकिएको छ । उक्त नाकाहरुमा सम्बन्धित स्थानीय तहलाई हेल्थ डेक्स सञ्चालन गर्न अनुरोध गरेको पनि प्रजिअ बतास्तोलाले बताए ।

नेपाल प्रवेश गर्न लागेका कुनै व्यक्तिमा कोभिड–१९ को लक्षण वा चिन्ह देखिएमा तत्काल त्यो व्यक्तिको एण्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्र प्रवेश गर्न दिइनेछ । यस्तै नेपाल आउने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुले यात्रा व्यवस्थापन सम्बन्धी आदेश २०७८ मा भएको मापदण्ड पालना गर्नुपर्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस