चाडपर्व लक्षित सप्तरी प्रहरीको सुरक्षा योजनाः ड्रोनले निगरानी गर्ने

राजविराज, २५ असोज । चाडपर्वमा हुनेसक्ने अवाञ्छित तथा अपराधिक गतिविधिलाई नियन्त्रण गर्न सप्तरी प्रहरीले विशेष सुरक्षा कार्य योजना ल्याएको छ । योजनाअन्तर्गत जिल्लामा एउटा कमाण्डर सेन्टर स्थापना गरी ६२२ जना प्रहरीलाई खटाइएको छ भने योजनामा सडक अनुशासन कायम गर्न विषय पनि राखिएको छ ।

चाडपर्वको बेला शान्ति सुरक्षालाई मध्यनजर गरेर भीडभाड हुने स्थानमा चेकप्वाइन्टको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताए । उनका अनुसार बैंक, वित्तिय संघ संस्था तथा आर्थिक कारोबार हुने स्थानमा सुरक्षा व्यवस्था मिलाइएको छ भने दुर्घटना न्यूनिकरण तथा सहज आवागमनका लागि सडक अनुशासन कायम गराउन प्रहरी खटाइएको छ ।

चाडपर्वमा खेलिने जुवा, तास र कौडाको पूर्ण नियन्त्रण गर्ने, चोरी तस्करी नियन्त्रण तथा लागू औषधको सेवन र ओसार पसारमा नियन्त्रण गर्ने लक्ष्य लिइएको उनले बताए । जसकालागि ६८ वटा क्यूआरटी (क्यूक रेस्पोन्स टिम)को परिचालन गरिएको छ भने मापसे चेकिङ्ग गर्न १० स्थानमा चेकिङ टोली खटाइएको छ ।

यसैगरी सिमा नाकामा चोरी तस्करी नियन्त्रण गर्न ११ स्थानमा र जुवा, तास, चोरी, लुट्पाट नियन्त्रण गर्न ५ स्थानमा चेकिङ्ग राखिएको छ । यसैगरी राजमार्गमा स्कटिङ्ग मोवाईल २ स्थानमा र पैदल गस्ती २५ स्थानमा तथा सादा पोसाकमा प्रहरी टोली परिचालन गरिएको छ ।

सुरक्षा कार्ययोजना अन्तर्गत यात्रु सहायता कक्ष, धार्मिकस्थल सखडा भगवती मन्दिर, भारदहस्थित कंकालिनी मन्दिर लगायत अन्य मन्दिरकासाथै आर्थिक कारोबार हुने स्थान, क्वारेन्टाईन तथा आईशोलेसन, बजारको गतिविधीको अनुगमन ड्रोन सहितले निगरानी गर्ने सुरक्षा योजनामा कार्य भइरहेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस