स्वर्गको टुक्रा भन्दा कम छैन् चन्द्रागिरी हिल्स (फोटोफिचर)

काठमाडौं । चन्द्रागिरी हिल्स । भनिन्छ, पुथ्वीनारायण शाहले चन्द्रागिरीबाट पहिलो पटक काठमाडौं देखेका थिए । उपत्यका कब्जा गर्ने तृष्णा उनलाई चन्द्रागिरीबाट नै पलाएको थियो । चन्द्रगिरी पहाडबारे धेरैले स्वस्थानी व्रत कथामा सुने/पढेका छन् कि यो त्यही ठाउँ हो, जहाँ सतिदेवीको अंग पतन भएको थियो ।

अहिले चन्द्रगिरि पहाडको टाकुरामा पुग्न सजिलो छ । थानकोटबाट १२/१३ मिनेटमै केवलकार चढेर डाँडाको टुप्पोमा पुग्न सकिन्छ । चन्द्रागिरी डाँडामा बसेर अनेक दृश्य हेर्दै अनेक मौसमको अनुभव लिन सकिन्छ ।

चन्द्रागिरी डाँडा बिना मनाउन, कामको तनाव कम गर्न, रमाइलो गर्न, फरक परिवेशमा रिफ्रेस महशुस गर्न पनि मानिसहरु चन्द्रागिरी पुग्न थालेको देखिन्छ ।

चन्द्रागिरी डाँडामा पुगेपछि त्यहाँको प्राकृतिक सुन्दरताबाट मोहित नहुने सायदै कोही मान्छे हुन्छ । चन्द्रागिरीको चुचुरोबाट सर्वोच्च शिखर सगरमाथा समेत अवलोकन गर्न सकिन्छ भने नेपालका अधिकांश हिमालहरु यहाँबाट देख्न सकिन्छ । जहाँबाट वारपार सुन्दर हिमालका लहरहरु हेर्न सकिन्छ ।

छिनछिनमै बदलिरहने मौसमका कारण पहाडमा ठोकिन आइपुग्ने सेतो बादलको बीचबाट केबलकारमार्फत चन्द्रागिरी पुग्दा स्वाभाविक रुपमा सबैलाई आनन्द महशुस हुन्छ । सूर्योदय र सूर्यास्तको अवलोकन लागि चन्द्रागिरी पहाड एउटा उपयुक्त गन्तव्य हो ।

हिमाल छिचोलेर उदाउने सूर्योदय र पश्चिम पहाडमा डुब्ने सूर्यास्तको दृश्य चन्द्रागिरीबाट रोमाञ्चक देखिन्छ । हिमाल, बादल, हरियाली, प्राकृतिक चिसो र उपत्यका तथा दक्षिण भेगमा रहेका साना गाउँवस्तीहरुको मनोरम दृश्यवलोकनमा रमाउनेहरुका लागि यो एउटा स्वर्गको टुक्रा भन्दा कम लाग्दैन ।

तस्बिरः विद्यानन्द राम/मधेशलाइभ

Author:



क्याटोगरी छान्‍नुहोस