वर्षा र बाढीबाट भारतमा १८ को मृत्यु, दर्जनौं बेपत्ता

जनकपुरधाम । भारतको दक्षिणी केरला राज्यमा शनिबारको अविरल वर्षा र बाढीका कारण कम्तीमा पनि १८ जनाको ज्यान गएको छ ।

बाढीमा परी अन्य दर्जनौ व्यक्ति बेपत्ता भएका छन् । बाढीका कारण कतिपय स्थानमा भीषण पहिरो समेत गएको छ । पहिरोमा परेर दजैनौ बेपत्ता भएका बताइएको छ । दक्षिणी राज्य केरलाका इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ ।

कोट्याम जिल्लामा बढीले बढी क्षति पुर्‍याएको हिन्दुस्तान टाइम्सले जनाएको छ । बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश सो जिल्लाका रहेका छन् ।

आइतबार बिहानसम्म पनि वर्षा जारी रहेको छ र कतिपय स्थानीय सडकहरु पनि अवरुद्ध भएका छन् । मौसम विज्ञान विभागका अधिकारीहरुले आइतबार पनि वर्षा कायमै रहने बताएका छन् । सिन्ह्वा

Author:



क्याटोगरी छान्‍नुहोस