प्रदेश २ मा कतिले लगाए कोभिडविरुद्धको खोप ?

जनकपुरधाम । कोभिड-१९ विरुद्धको खोप कार्यक्रम अन्तर्गत लक्षित जनसंख्यामध्ये २९.७ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज ३१ गतेसम्मको तथ्यांकअनुसार ६४ लाख ६९ हजार १५९ जनाले दुई डोज खोप लगाएका छन् ।

त्यस्तै पहिलो डोज खोप लगाउनेको संख्या ८३ लाख ८८ हजार ४०२ (३८.६) प्रतिशत रहेको छ ।

पूर्ण खोप लगाउनेमध्ये प्रदेश १ मा ७ लाख ६५ हजार ८२१, प्रदेश २ मा १० लाख ३० हजार १९३, वाग्मती प्रदेशमा २३ लाख ६९ हजार २२७, गण्डकीमा ६ लाख २३ हजार ९८२, लुम्बीनीमा ८ लाख ८९ हजार ९७७, कर्णालीमा २ लाख ६१ हजार ४३३ र सुदूरपश्चिम प्रदेशमा ५ लाख २८ हजार ५२६ रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस