देशभर थप ५९१ जनामा कोरोना पुष्टि, ९ को मृत्यु

जनकपुरधाम, १ कार्तिक । देशभर पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६९७ जनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ९८ हजार ९९० पुगेको छ । सोही अवधिमा देशभर ९३७ जना निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ८२ हजार ३ सय ९३ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २८५ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस