प्रदेश २ मा भोलि सार्वजनिक विदा

जनकपुरधाम, १ कार्तिक । प्रदेश २ मा भोली (मंगलबार) सार्वजनिक विदा हुने भएको छ । मुस्लिम धर्मावलम्वीको धर्मगुरु पैगम्बर महम्दको जन्म दिनको अवसर पारेर प्रदेश सरकारले विदा दिएको हो ।

प्रदेश सरकारले नेपाल सरकारले दिएको विदा अतिरिक्त थप ११ वटा विदा अन्तर्गत भोली मंगलबार परेको पैगम्बर महम्दको जन्म दिन पनि रहेको छ ।

प्रदेश २ मन्त्रीपरिषद्को गत बैशाख २ गते बसेको बैठकले नेपाल सरकारले दिएको बाहेक थप ११ वटा विदा दिने निर्णय गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस