सप्तरीमा प्रदेश स्तरीय मिथिला कप टी–ट्वाइन्टी क्रिकेट हुने

कमल कुमार मण्डल
राजविराज, १ कार्तिक । सप्तरीमा प्रदेश स्तरीय मिथिला कप टी–ट्वाइन्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । युवा शक्ति कल्ब विष्णुपुरले महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसस्थित खेल मैदानमा बुधवारबाट तेश्रो संस्करणको खेल आयोजना गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा सप्तरी क्रिकेट संघसँगको समन्वयमा प्रतियोगिता आयोजना गर्न लागिएको कल्बका अध्यक्ष ई.रविन्द्र यादवले बताए । उनकाअनुसार कुल १६ वटा टिमलाई सहभागी गराएर आयोजना हुन लागेको प्रतियोगिता कार्तिक ३ गतेदेखि १२ गतेसम्म हुनेछ ।

प्रतियोगितामा बोटसोन क्रिकेट एकेडमी झापा, बिराटनगर स्पोर्टीङ कल्ब मोरङ्ग, फुलवारी क्रिकेट कल्ब सुनसरी, रन्जितपुर राईडर्स टीम सप्तरी, छिन्नमस्ता स्पोर्टस कल्ब सप्तरी, बजाज युथ क्रिकेट एकेडमी सप्तरी, रुपनी राईडर्स सप्तरी, तिलाठी कोईलाडी एलेभेन सप्तरी, लायन्स कल्ब सप्तरी सहभागी रहनेछन् ।

यसैगरी जनकपुर क्रिकेट ऐकेडेमी धनुषा, लहान क्रिकेट कल्ब सिरहा, धनुषा रोयल क्रिकेट ऐकेडेमी धनुषा, नरेश सिंह क्रिकेट ऐकेडेमी महोत्तरी, रौतहट ११ रौतहट, क्रिकेट बजार ११ बारा र युनाईटेड क्रिकेट कल्ब पर्सा सहभागी हुने कल्बका सचिव राजेन्द्र कुमार मुखियाले बताए ।

सप्तरीबाट ६, धनुषाबाट २, महोत्तरी, रौतहट, बारा, पर्सा, सिरहा, सुनसरी, झापा, मोरङबाट १÷१ वटा टिमको सहभागीता हुने जनाएको छ । प्रतियोगिताको पहिलो दिनको खेलमा लहान क्रिकेट कल्ब, सिरहा र फुलबारी क्रिकेट कल्ब, सुनसरी बिच प्रतिस्पर्धा हुने र प्रतियोगीताको प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद शाहले उद्घाटन गर्ने कल्बका कोषाध्यक्ष नन्दकिशोर गुप्ताले बताए ।

करिब १५ लाख रुपैयाँ बराबरको लगानीमा भइरहेको प्रतियोगीतामा प्रथम पुरस्कारको रुपमा सिल्डसहित १ लाख रुपैयाँ नगद रहेको छ भने द्वितीय पुस्कारको रुपमा सिल्डसहित ५० हजार रुपैयाँ नगद रहेको पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस