प्रधानमन्त्री देउवासहितको टोली बाढीपहिरोको निरीक्षणमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज कर्णाली र सुदूरपश्चिममा बाढीपहिरोले पु¥याएको क्षतिको निरीक्षणमा गएको छ । प्रधानमन्त्रीको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर सहभागी छन् ।

टोली विहान काठमाडौंबाट सुर्खेत प्रस्थान गरेको हो । सुर्खेत विमानस्थलमा कर्णाली प्रदेशमा भएको क्षतिका सन्दर्भमा प्रधानमन्त्रीले बिफ्रिङ लिने छन् । त्यस क्रममा देउवाले डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा हवाइ निरीक्षण गर्नेछन् ।

मनसुनपछिको वर्षासँगैको बाढीपहिरोले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा क्षति पुगेको छ । सुदूरपश्चिम प्रधानमन्त्री देउवाको गृह प्रदेश पनि हो । देउवा भोलि मात्र काठमाडौं फर्कनेछन् ।

Author:



क्याटोगरी छान्‍नुहोस