बाढी पीडित किसानका लागि विशेष राहत प्याकेज उपलब्ध गराउन मुख्यमन्त्रीको माग

जनकपुरधाम, ३ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशभरका बाढी पीडित किसानहरुकालागि विशेष राहत प्याकेज उपलब्ध गराउन माग गरेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा उनले अविरल वर्षा र त्यसले निम्त्याएको बाढीका कारण प्रदेशमा धानवालीमा व्यापक क्षति भएको उल्लेख गर्दै विशेष राहत प्याकेज उपलब्ध गराउन संघीय सरकारलाई आग्रह गरेका हुन् ।

पछिल्लो बाढीले देशैभर ठूलो क्षति भएपछि संघ सरकारले क्षति व्यवस्थापनकालागि प्राधिकरणको बैठक बोलाएको थियो । बैठकमा मुख्यमन्त्री राउतले धान भित्र्याउने बेलामा आएको बाढीले धान बाली नष्ट हुनुका साथै अन्यबालीमा समेत असर परेको उल्लेख गर्दै संघ सरकारले प्रदेशका किसानहरुको लागि विशेष प्याकेज घोषणा गर्नु पर्ने धारणा राखे ।

प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा भएको उक्त बैठकमा सात वटै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव लगायतको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस