बाढीपहिरोः प्रदेश १ मा ३८ जनाले गुमाए ज्यान

विराटनगर । तीन दिनदेखिको लगातारको वर्षापछि आएको बाढीपहिरोले प्रदेश १ मा ३८ जनाको ज्यान लिएको छ।

तीन दिनयता परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ३८ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता छन् । १६ जना घाइते भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले विराटनगरले जानकारी दिएको छ।

कार्यालयका अनुसार सबैभन्दा धेरै इलाममा १३ जनाको मृत्यु भएको छ । पाँचथरमा ११ जना, धनकुटामा सातजना र सुनसरीमा चारजनाको मृत्यु भएको छ।

उदयपुर, मोरङ र भोजपुरमा एक एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बेपत्ता भएकोहरूको खोजीकार्य भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय जानकारी दिएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस