सप्तरीमा गस्तीमा खटिएका प्रहरीकै मोटरसाइकल चोरी

बोदे बरसाईन, २० कार्तिक । सप्तरीको बोदे बरसाईन नगरपालिकामा गस्तीमा खटिएका प्रहरीकै मोटरसाइकल चोरी भएको छ । शुक्रवार साँझ वडा नम्वर ८ बैरयाहीबाट प्रहरीको मोटरसाइकल चोरी भएको हो ।

ईलाका प्रहरी कार्यालय बोदे बरसाइनबाट प्रहरी सहायक निरिक्षक दिलिप सिंहको नेतृत्वमा मोटरसाइकलमा सवार भएर दुई जना प्रहरी गस्तीमा खटिएका थिए । मोटरसाइकल पार्किङ गरेर लक्ष्मी पूजाको अवसरमा बैरयाही टोलमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रमस्थलमा पुगेको बेला मोटरसाइकल चोरी भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक उदय द्विवेदीले गस्तीमा गएको बेला मोटरसाइकल हराएको बताए । ‘हराएको मोटरसाइकल खोजी कार्य भइरहेको छ’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस