दहेज कुरिती मात्रै होइन, सामाजिक अपराध पनि होः मुख्यमन्त्री राउत

जनकपुरधाम, २० कार्तिक । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दहेज (दाइजो)प्रथा सामाजिक कुरिती मात्र नभई सामाजिक अपराध पनि रहेको बताएका छन् । जिलई जमईत अहलेहदिस प्रदेश २ द्वारा धनुषाको गणेशमाण चारनाथ नगरपालिका–२ छघरीयास्थित आयोजना गरिएको दहेज मुक्त अभियान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘दहेज रुपी सामाजिक अपराधलाई अन्त्य गर्नुको विकल्प छैन्’ उनले भने–‘यसलाई अन्त्य गर्न सबैलाई आ–आफनो ठाउँबाट पहल गर्न जरुरी छ ।’ त्यसकालागि महिलालाई शिक्षामा जोड दिनुपर्ने स्पष्ट गर्दै मुख्यमन्त्री राउतले सबै क्षेत्रमा महिलाको पहँुच भएसँगै कुरिती पनि अन्त्य हुने विश्वास व्यक्त गरे ।

प्रदेश सरकारले महिलाकोलागि ५० प्रतिशत आरक्षण गरेको जानकारी गराउँदै मुख्यमन्त्री राउतले शिक्षा नलिएसम्म उच्च आरक्षणको समेत फाईदा लिन नसकिने जिकिर गरे ।

मतिबुल रहमानको अध्यक्षमा भएको कार्यक्रममा संघीय सांसद एवम् पुर्व मन्त्री मातृका प्रसाद यादव, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस