जिका भाइरस : नयाँ दिल्ली र उत्तरप्रदेशमा संक्रमण तीव्र भएपछि उच्च सतर्कता

जनकपुरधाम । भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता अपनाइएको अधिकारीहरूले जनाएका छन् । भारतका स्वास्थ्य अधिकारीहरूले केही समयदेखि जिका भाइरसका किटाणुहरु बढ्दो अवस्थामा देखिएको बताएका छन् ।

उनीहरूका अनुसार शनिबार मात्र उत्तर प्रदेशमा ४३ जनामा यो भाइरस देखिएको थियो । उत्तर प्रदेश राज्यमा पछिल्लो समयमा यो भाइरसको प्रकोप देखिएको बताइएको छ । उत्तर प्रदेश राज्यका सरकारी स्वास्थ्य अधिकारीहरूले गएको दुई हप्तामा ७९ जनामा यो भाइरस देखिएको जनाएका छन् ।

दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोडियाले नयाँ दिल्लीमा पनि यो भाइरसको संक्रमण बढ्दो देखिएको र यसका लागि सरकारले निकै सतर्कता अपनाएको बताए । उनले सबै सरकारी अस्पतालहरूमा यो भाइरसका संक्रमितको उपचारको व्यवस्था गरिएको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस