थप ३९० जना कोरोना संक्रमित, ५ जनाको मृत्यु

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६०६ जनाको पीसीआर परीक्षणबाट ३७१ र २ हजार ४२० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १९ जनामा कोरोना पुष्टि भएको हो ।

सोही अवधिमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । यसैगरी २४ घण्टामा ४२५ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस