एउटै कलम ८६ हजार ६६६ रुपैयाँमा विक्री

राजविराज । सप्तरीको एक मन्दिरमा भगवान चित्रगुप्तको हातमा राखिएको कलम ८६ हजार ६६६ रुपैयाँमा विक्री भएको छ । चित्रगुप्त सेवा समिति सप्तरीद्वारा राजविराजमा रहेको चित्रगुप्त मन्दिरमा राखिएको कलम ८६ हजार ६६६ रुपैयाँमा विक्री भएको हो ।

शनिबार साँझ आयोजना गरिएको कार्यक्रममा डाक बढाबढ गरी सो कलम विक्री गरिएको समितिका अध्यक्ष अशोक कर्णले बताए । ‘सर्वाधिक रकमको बोली लगाउने राजविराज–२ का कृष्णदेव दत्तले सो कलम खरिद गर्नुभयो’ उनले भने–‘डाक बढाबढ गरेर सो कलम विक्रि गर्ने र कलमबाट आउने रकम शिक्षा, स्वास्थ्य र समाज सेवा लगायतका क्षेत्रमा खर्चिने गरिएको छ ।’

भाइटिकाका दिन मनाइने पूजामा कायस्थ समुदायले आफना वंश पिता भगवान चित्रगुप्त र कलमको एकै साथ पूजा गर्ने गर्छन् । सोही अवसरमा समितिले विगत ४२ वर्षदेखि कलम खरीद गर्ने प्रतिस्पर्धा गर्दै आएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस