भारतीय गायक कुमार सानु जनकपुर आउँदै

जनकपुरधाम । भारतीय चर्चित गायक कुमार सानु नेपाल आउने भएका छन् । उनी सांगीतिक कार्यक्रमका लागि नेपाल आउन लागेका हुन् ।

जनकपुरधाममा हुन लागेको ‘कुमार सानु लाइभ इन कन्सर्ट’ मा सहभागी हुन कुमार नेपाल आउन लागेका हुन् । उक्त कन्सर्ट यही नोभेम्बर १३ (कात्तिक २७) मा जनकपुरको होटेल राजदरबार र नवरङ रिसोर्टमा आयोजना हुँदै छ ।

भारतबाट कुमार सानुका साथै नेपालबाट गायक सुगम पोखरेल, गायिका पूजा ठाकुर, गायक रोशन पराजुलीले पनि प्रस्तुति दिनेछन् ।

कन्सर्टमा सहभागी हुन प्रतिटिकट मूल्य प्लेटिममको चार हजार ५०० र गोल्डको तीन हजार रुपैयाँ तोकिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780