प्रहरीका आठ डीएसपी बढुवाका लागि सिफारिस (सूचीसहित)

जनकपुर । प्रहरी प्रधान कार्यालयले ८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

बिहीबार बढुवा सिफारिस सूची प्रकाशित गर्दै कार्यालयले ८ प्रनाउलाई प्रहरी उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा समितिको बैठकको निर्णय अनुसार प्रहरी नायब उपरीक्षक जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाटलाई बढुवा गर्न सिफारिस भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस